नेपाली सेनाले सञ्चालन गरेको रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपाली सेनाले सञ्चालन गरेको रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले सञ्चालन गरेको पाँच दिने रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

आइतबारदेखि श्री मध्य पश्चिम पृतना हे.क्वा, योगिकुटी व्यारेक बुटवलमा नं.५ प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुलाई समावेश गरी सञ्चालन भएको रक्षा अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएको हो ।

प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा १५ देखि २० जनासम्म सञ्चारकर्मीहरुलाई समावेश गरी नेपाली सेनाले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सञ्चारकर्मीहरुलाई समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।

पाँच दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया, नेपाली सेनाको विभिन्न युनिटहरुको स्थलगत भ्रमण लगाएत समावेश गरिएको उक्त कार्यक्रममा प्रदेश नं.५का विभिन्न जिल्लाका मिडिया हाउसमा कार्यरत २० जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो ।