उपत्यका पृतनामा महासेनानीलाई हाईयर कमाण्ड तालिम

उपत्यका पृतनामा महासेनानीलाई हाईयर कमाण्ड तालिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सैनिक वार कलेजमा  हुने हाईयर कमाण्ड तथा म्यानेजमेण्ट तालिम आइतबारबाट नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वार्टरमा सुरु भएको छ।

बलाधिकृत रथी पूर्णचन्द्र थापाले उद्घाटन गरेको तालिममा २९ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ।

रथी थापाले तालिमले पृतना, आर्मी तथा बहुराष्ट्रिय वातावरणमा कमाण्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरु तयार पार्ने बताए। साथै तालिमले विषम परिस्थितीको मुल्यांकन गरी जटिल अपरेशनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम हुने उनको भनाई छ।

त्यसैगरि, जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भू–राजनीति तथा अन्य तत्वहरुले पार्न सक्ने सुरक्षा चुनौतिको महत्वपूर्ण विश्लेषणको लागि उच्च स्तरको परिस्थितीजन्य मुल्यांकन क्षमता र पेशागत चुस्तताको साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासको निमित्त यस किसिमको तालिम फलदायी हुने उनको विश्वास छ।

तालिमका प्रमुख शिक्षक उपरथी शशीचन्द्र बहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए।