पर्यटन प्रवद्र्धनसम्बन्धी ९ वटा कार्यक्रम गर्दै नेपाली सेना


काठमाडौं – नेपाली सेनाले पर्यटन प्रवद्र्धनसम्बन्धी विभन्न ९ वटा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले सुरु गरेको अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न उक्त कार्यक्रम आयोजन गर्न लागिएको २०२० को लियाजो अफिसर महासेनानी सुवास थापाले जानकारी दिए ।

नेपाली सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा, प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम गर्न लागेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement