फास्ट ट्र्याकको निर्माण २०८१ सालमा सकिन्छः नेपाली सेना


काठमाडौं – काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक)को निर्माण ०८१ सालमा सकिने नेपाली सेनाले जनाएको छ ।

सोमबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्राविधिक सहायक रथी एव‌्म फास्ट ट्र्याक आयोजना प्रमुख शरदलाल श्रेष्ठले २०८१ वैशाखसम्म फाट ट्रयाक निर्माण सकिने जानकारी गराएका हुन् ।

भौगोलिक अवस्था, पहुँच मार्ग, कार्य जटिलता, निर्माण गर्न लाग्ने समय आदिलाई मध्यनजर गरी निर्माण कार्यलाई प्राथमिकताका आधारमा विभाजन गरेर विभिन्न चरणमा काम अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ हुनेछन् । द्रूतमार्गमा ८७ वटा पुल हुनेछन् । १०.५९ किलोमिटर पुल रहनेछ ।

ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्ट ट्र्याक पहाडी क्षेत्रमा २५ मिटर र समथर भूभागमा २७ मिटर फराकिलो हुनेछ ।

यसका अलावा ३ स्थानमा सुरुङ निर्माण गरिनेछ । महादेवडाँडा, धोद्रे र लेनडाँडामा सुरुङ बन्ने सेनाले जनाएकाे छ ।

  

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement