नेपाली सेनाका दुई प्रमुख सेनानी महासेनानी पदमा पदोन्नति

नेपाली सेनाका दुई प्रमुख सेनानी महासेनानी पदमा पदोन्नति


काठमाडौं – नेपाली सेनाका दुई प्रमुख सेनानी महासेनानी पदमा पदोन्नति भएका छन् । गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानीद्वय लव खत्री र रूपेन्द्र बुढाथोकीलाई महासेनानी पदमा पदोन्नति गर्ने निर्णय गरेकोे सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

यस्तै, नेपाली सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा र महासेनानी नारायण सिलवाललाई सहायकरथी पदमा पदोन्नति गरिएको प्रवक्ता बाँस्कोटाले जानकारी दिए । बाँस्कोटाका अनुसार महासेनानी दीप सिंह र प्राविधिक महासेनानी अमित जोशीको राजीनामा स्वीकृत गरिएको छ ।