नेपाली सेनाको छुट्टै शक्तिशाली विभाग बनाउने विधेयक संसदमा दर्ता


काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाली सेनाको बेग्लै गुप्तचर विभाग गठन गर्नेसम्बन्धी विधेयक संसदमा दर्ता गराएका छन् । सरकारका तर्फबाट मन्त्री पोखरेलले आइतबार सैनिक ऐन २०६३ संशोधन विधेयक संघीय संसदमा दर्ता गराएका हुन् ।

नेपाली सेनाभित्र विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर सुरक्षा नीति बनाउन सैनिक इण्टिेलिजेन्ससम्बन्धी अलग्गै विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको हो । उक्त ऐन पारित भएमा अब नेपाली सेनाले सैनिक इन्टिेलिजेन्स सेवा अन्तर्गत छुट्टै गुप्तचर विभाग गठन गर्न पाउनेछ ।

डिपार्टमेन्ट अफ मिलिटरी इन्टिलिजेन्स (डीएमआइ) मार्फत हुने सैनिक गुप्तचरीको काममा विभिन्न कोषबाट खर्च हुँदै आएकोमा महानिर्देशनालयबाट भन्दा छुट्टै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता बलियो हुने निष्कर्षसहित कानुन संशोधन गर्न लागिएको सैनिक स्रोतले जनाएको छ ।

अहिलेसम्म नेपाली सेनाभित्रै गुप्तचर विभागमार्फत सूचना संकलन, विश्लेषण लगायतका गुप्तचरी काम हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement