नेपाली सेनाले आयोजना गरेको ‘विरगञ्ज म्याराथन दौड’ सम्पन्न


काठमाडौं – सैनिक दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको ‘एकताको लागी दौड (विरगञ्ज म्याराथन)’ सम्पन्‍न भएको छ ।

प्रदेश नं.२ का मुख्य मन्त्री लाल बाबु राउतको प्रमुख अतिथ्यतामा सेना दिवस(२०७६) को उपलक्ष्यमा नेपाली सेनाको मध्य पृतना हे.क्वा., मध्य पूर्वी पृतना हे.क्वा., २८ नं. बाहिनी अड्डा, वीरगंज महानगरपालिका तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रदेश नं.२ को संयुक्त सहकार्य तथा आयोजनामा ‘स्वच्छ देश स्वस्थ मधेश’ भन्‍ने नारासहित ‘एकताको लागी दौड’ कार्यक्रम शनिबार सम्पन्‍न भएको हो ।

देशभरीका करिब ५००० जना महिला तथा पुरुषहरुको सहभागीता रहेको उक्त म्याराथनमा प्रदेश नं.२ का मुख्य मन्त्री लाल बाबु राउतबाट प्यारा ईभेन्ट (१ कि.मि.) र प्रधानसेनापति पूर्णचन्द्र थापाबाट २१ कि.मि. खुल्ला महिला तथा पुरुष दौड र त्रिभुवन आर्मी क्लबका अफिसियलहरुबाट अन्य विधाका दौडहरुको विधिवत रुपमा कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री, प्रधानसेनापति थापा, वीरगंज महानगरपालिकाका मेयर, मध्य
पृतना हे.क्वा. तथा मध्य पूर्वी पृतना हे.क्वा.का पृतनापतिहरु, विशिष्ट पाहुनाहरु लगायत अन्य सहभागीहरुले ५ कि.मि.ज्भचष्तबनभ ध्बपि मा सहभागीता जनाएका थिए ।

उक्त एकताको लागी दौडमा ५ कि.मि. दौड (कक्षा ८–१०) मा छात्रतर्फ युवराज लिम्बु र छात्रातर्फ फूलनाज खातुनले प्रथम स्थान, ५ कि.मि. दौड (कक्षा (११–१२) मा छात्रतर्फ नारायण कुमार कुस्मा र छात्रातर्फ अन्जु खड्काले प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

यसैगरि ५ कि.मि. दौड ४० वर्षभन्दा माथिका गैर सैनिक व्यक्तिहरुतर्फ जय नरेश सिंहले प्रथम स्थान हासिल गरेका थिए । साथै, १० कि.मि. खुल्ला दौड गैर सैनिक विधाको पुरुषतर्फ सागर श्रेष्ठ र महिलातर्फ सकुन्तला ठगुन्‍नाले प्रथम स्थान हासिल गर्न सफल भएका थिए भने सोहि विधाको विभागियतर्फ नेपाली सेनाका जमदार कल्याण बानियाँ (पुरुषतर्फ) र सिपाही पूर्ण लक्ष्मी न्यौपाने (महिलातर्फ) प्रथम भएका थिए ।

प्यारा इभेन्टतर्फ सन्तोष महत्तोले प्रथम स्थान हासिल गर्न सफल भए । २१ कि.मि. खुल्ला हाफ म्याराथनको पुरुषतर्फ सिपाही गजेन्द्र राई र महिलातर्फ राजपुरा पछाई प्रथम भएका थिए । उनीहरुलाई प्रधानसेनापति थापाले नगद पचहत्तर हजार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

यसैगरि ४२ कि.मि. खुल्ला म्याराथनमा प्रथम भएका नेपाली सेनाका अमल्दार खगेन्द्र भाटलाई प्रदेश नं.२ का मुख्य मन्त्री राउतले नगद एक लाख पच्चिस हजार, टि.भि.एस. मोटरसाईकल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यस प्रकारको प्रतियोगिताबाट नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमलाई समेत थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement