सप्तरीका चार ठाउँमा सेना परिचालन

सप्तरीका चार ठाउँमा सेना परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ ।
लक डाउनलाई वेवास्ता गर्दै नागरिक सडकमा आएपछि सेनाले गस्ती गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नु परेको जानकारी दिए ।

‘सशस्त्र प्रहरी हिजोदेखि सीमा लकडाउनमा गएको छ,’ उनले भने, ‘गृहसँग नेपाल प्रहरी र सशस्त्र प्रहरी माग गरेका छौं ।’

उनकाअनुसार एक सय जना नेपाल प्रहरी र तीन सय ३२ जना सशस्त्र प्रहरी पठाइदिन गृहसँग माग गरिएको हो ।

सोमबार नेपालमा कोराना संक्रमित बिरामी फेला परेको सरकारले जानकारी दिएसँगै नेपाल लकडाउन गरिएको छ ।