जि–टू–जीमार्फत स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सेनाको सम्झौता

जि–टू–जीमार्फत स्वास्थ्य सामग्री खरिद गर्न चीनसँग सेनाको सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले जि–टू–जीमार्फत स्वास्थ्य सामग्री खरिदका लागि आइतबार चीनसँग सम्झौता गरेको छ । सेनाले चीनको सरकारी कम्पनीसँग ६७ प्रकारका ३ सय ४० टन औषधी खरिद गर्ने भएको हो ।

उनले नेपालबाट जति छिटो पैसा पठाउन सक्यो उताबाट त्यति नै छिटो स्वास्थ्य सामग्री उपलब्ध हुने बताए ।

‘नेपाली पक्षले सम्झौतामा हस्ताक्षर गरेर पठाएको छ,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘चिनियाँ पक्षले हस्ताक्षर गरेपछि यसबारे विस्तृत जानकारी दिन्छौँ ।’

यसैबीच स्वास्थ्य सेवा विभागले पनि तीन वटा कम्पनीसँग झन्डै ३० करोडको स्वास्थ्य सामग्री खरिदका लागि सम्झौता गरिसकेको हो । स्वास्थ्य सामाग्री दुई साताभित्र नेपाल आइसक्नेछ ।