प्रधानसेनापति थापाद्वारा दर्ज्यानी चिन्ह प्रदान


काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी प्रभुराम शर्मालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । आज एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी शर्मालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन ।

मन्त्रिपरिषद्को बैशाख १४ गतेको बैठकले शर्मालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । त्यस्तै उपरथीमा पदोन्नती भएका सहायक रथी आनन्द कुमार अधिकारी र बैशाख १९ गते गतेबाट उपरथी दर्जामा पदोन्नती भएका सहायकरथी संजय थापालाई समेत प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

रथी दर्जामा पदोन्नती भएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती भएका उपरथी आनन्द कुमार अधिकारीलाई उपत्यका पृतना हे.क्वाको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हे.क्वाको पृतनापतिको जिम्मेवारी दिइएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement