काठमाडौं – काठमाडौंमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कार दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ । शुक्रबार बिहान रिवभवनमा कर्णेलले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
कलंकी स्युचटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबराले चलाएको बा २१ च ४३४७ कार र मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालले चलाएको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एक आपसमा जुध्दा दुर्घटना भएको हो ।




प्रतिक्रिया