चीनबाट नेपाली सेनाले ल्यायो १८.७ टन स्वास्थ्य सामाग्री

चीनबाट नेपाली सेनाले ल्यायो १८.७ टन स्वास्थ्य सामाग्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले कोरोना भाइरसको संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री चीनबाट ल्याएको छ । सेनाले नेपाल वायुसेवा निगमको जहाजबाट १८.७ टन स्वास्थ्य सामाग्री काठमाडौं ल्याएको हो ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले नेपाली सेनालाई सरकार–सरकार (जीटूजी) प्रक्रियाबाट स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिएको थियो ।

अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरेको थियो ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गरेको नेपाली सेनाले जनाएको छ । जसमा कूल ६७ प्रकारका स्वास्थ्य सामग्री रहेका छन् ।

स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको थियो ।