नेपाली सेनाले चीनबाट स्वास्थ्य सामाग्री ल्यायो


काठमाडौं – नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याएको छ । नेपाल एयरलाइन्सको विमानबाट आज विहान स्वास्थ्य सामाग्री ल्याएको हो । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्नका लागि १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर चिनियाँ कम्पनीलाई पठाएको थियो ।

सेनाले जिटुजी प्रक्रियाबाट ३ सय ४१ टन स्वास्थ्य सामग्री खरिद गरेको हो । जसमध्ये ४७.५ टन विमानबाट र अरु स्थल मार्गबाट ल्याएको छ ।

चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको सेनाले चीनमा सरकारी बिदा परेका कारण केही ढिला गरी स्वास्थ्य सामाग्री ल्याएको हो । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिएर आउने  यो अन्तिम जहाज हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement