सेनाको टोलीद्वारा गैंडाको खाग तस्करीमा संलग्न २ जना पक्राउ

सेनाको टोलीद्वारा गैंडाको खाग तस्करीमा संलग्न २ जना पक्राउ

File Photo

काठमाण्डु – गैडाको खाग तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नं. ७ नयाँबजारका २७ बर्षीय कैलाश आले मगर र नवलपुर जिल्ला गैंडाकोट नगरपालिका १ का २७ वर्षीय ‘काले’ भनिने अशोक गुरुङ्ग रहेका छन् ।

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।