काठमाण्डु – सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका २२ वटा निर्णय सार्वजनिक गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसहित तीन जना प्रमुख सेनानीहरुको बढुवा र पदस्थापन गरेको जानकारी दिए । त्यस्तै बैठकले १२ महासेनानीको सरुवा पनि गररेको छ ।
त्यस्तै बैठकले सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गरी सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय छ भने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।






प्रतिक्रिया