नेपाली सेनाको अधिकृत क्याडेटको नतिजा सार्वजनिक, कति जना पास भए ? (नामसहित)


काठमाण्डु – नेपाली सेनाको अधिकृत क्याडेट परीक्षाको नतिजा प्रकाशित भएको छ ।

५ हजारभन्दा बढीले आवेदन दिए पनि १ सय २ जनाले अधिकृत क्याडेटमा नाम निकालेको नेपाली सेनाले जनाएको छ । सेनाले २०७६ माघ २३ गते अधिकृत क्याडेटको विज्ञापन प्रकाशित गरेको थियो ।

परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुलाई चैत १६ गते जंगी अड्डामा आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरिएको छ ।

उक्त परीक्षामा नेपाली सेनाका अ.प्रा. केशकर्तक (सेनाकै कपाल काट्ने) सुरिन्दर ठाकुरकी छोरी चन्दा कुमारी ठाकुर पनि अधिकृत क्याडेटमा पास भएकी छन् ।  प्रवक्ता सन्तोषवल्लभ पौडेलले नेपाली सेनाका लागि महत्वपूर्ण भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement