नेपाली सेनाद्धारा उपत्यकाका विभिन्न ठाउंमा चेकजांच

नेपाली सेनाद्धारा उपत्यकाका विभिन्न ठाउंमा चेकजांच

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सुरु गरेको छ । सैनिक व्यक्तिहरुको हिडडुल माथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ सेनाले चेकजांच सुरु गरेको सैनिक जनसम्र्पक निर्देशनालयले जनाएको छ ।उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा आईतवार सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजांच गरिएको थियो ।

चेकजांचको क्रममा दोलखा जिल्ला घर भई हाल बांसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक शुशिल खड्का प्रक्राउ परेका छन् । उनले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाकातर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएको सेनाले जनाएको छ ।

अनुसन्धानको सिलसिलामा खड्का नेपाली सेनाको सैन्य आधार तालिममा रहंदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले उनलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको सैनिक जनसम्र्पक निर्देशनालयले जानकारी दियो ।