काठमाण्डु – नेपाली सेनामा कोरोना संक्रमितको संख्या २९ सय ८८ पुगेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले पछिल्लो २४ घण्टामा १९ जना सैनिकमा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमित सैनिकमध्ये १५ सय १८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् भने १४ सय ६८ जना सैनिक उपचाररत रहेका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट हालसम्म २ जना सैनिकको ज्यान गएको प्रवक्ता पौडेलले जानकारी दिए ।




प्रतिक्रिया