दक्षिण सुडान र मालीमा खटिएका तीन जना नेपाली सैनिकमा कोरोना संक्रमण


काठमाडौं – शान्ति मिसनमा खटिएका तीन जना नेपाली सेनालाई कोरोना संक्रमण भएको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दक्षिण सुडान एक र मालीमा दुई गरी तीन जनामा कोरोना संक्रमण भएको हो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दक्षिण सुडान र मालीसहित नेपालमा पनि ४ जना सैनिकमा पनि कोरोना भाइरस देखिएको जानकारी दिए ।

मध्यपुर्वी पृतना महोत्तरीमा कार्यरत २ जना र बारामा कार्यरत २ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement