सेनामा सुरु भयो अनौठो खेल, सेनाको दुई रथीमा कुवर र वस्नेतले पाउने भए जिम्मेवारी


रोशन खड्का, काठमाडौं– नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महत हाल मलेसियाको भ्रमणमा छन् । प्रधानसेनापति राजेन्द्र क्ष्ँत्री अमेरीका भ्रमणमा गएका बेला सेनाको कामु प्रधानसेनापतिको जिम्मा  रथी पुर्णचन्द्र थापालाई छ ।

 

 

 

दुई रथीको मात्र दरबन्दी रहेको सेनामा बलाधिकृतरथी पद अर्को साता रिक्त हुदैछ । सेनाका हाल सिनियर रथी रहेका महत आगामी १७ कार्तीकमा अवकास पाउदैछन् ।

 

 

प्रधानसेनापतिले महतलाई अवकासमा जानुअघि मलेसियाको भ्रमणमा पठाएका छन् । उसो त रथी महतको अवधी गत साउन ८ मै सकिएको थियो । तर,उमेर बाकि रहेका कारण महत र अर्का रथी पुर्णचन्द्र थापाको पदावधी प्रधानसेनापति क्षत्रीले थपको लागी सिफारीस गरेका थिए ।

 

 

 

 

सेनामा एक आध घटना बाहेक रथीको पदावधी थप भएको इतिहास नभएपनि म्याद थप हुनेमा महत र थापा भने भाग्यमानी जर्नेल हुन ।

 

 

 

एक वर्षे पदावधी थप भएकै कारण रथी थापा आगामी भदौ २४ पछि नेपाली सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै छन् । यता महतले भने नियमित कार्यकालभन्दा चार महिना बढी बलाधिकृतको जिम्मेवारी सम्हाल्ने अवसर पाए ।

 

 

महतको अवकासपछि नेपाली सेनामा रथी को बन्ला भन्ने चर्चा यतिबेला सैनिक मुख्यालयमा छ ।  सैनिक स्रोतकाअनुसार वरियताका आधारमा  हाल उपरथी रहेका हेमन्त कुंवर रथीमा बढुवा हुदैछन् । प्रधानसेनापति क्षत्री शुक्रवार स्वदेश फर्केलगत्तै उनको बढुवाको प्रक्रिया समेत अघि बढ्नेछ ।

 

 

सैनिक गुप्तचरको प्रमुखको जिम्मेवारी सम्हालिसकेका र हाल सेनाको सबैभन्दा शक्तिशाली विभाग भनेर चिनिने युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका उपरथी कुवंर महतको ठाउमा सेनाको रथी बन्दैछन् ।

 

 

 

हाल बलाध्यक्षरथी रहेका थापा र उपरथी कुंवर १६ बेसिकका अधिृकत हुन । उनिहरु दुवै जना सैनिक क्याडेटमा २०३६ सालमा भर्ना भएका थिए । महत भने थापा र कुवरभन्दा जुनियर हुन् । उनि १७ बेसिकका सैनिक अधिकृत भएपनि कुवर सैनिक सहचारी भएर अमेरीका गएका कारण महतको बढुवा छिटो भएको थियो ।

 

 

 

 

रथी महतले अवकास पाएलगत्तै बलाधिकृतरथीको जिम्मेवारी थापालाई दिने प्रधानसेनापति क्ष्ँत्रीको तयारी छ ।  त्यसपछि कुवरले बलाध्यक्षको जिम्मेवारी पाउनेछन् ।

उपरथी अनुज वस्नेत

 

 

 

यता, २०७५ भदौ २४ मा प्रधानसेनापतिले अवकास पाएपछि उनको ठाउमा मात्र रथीको दरबन्दी रिक्त हुनेछ । प्रधानसेनापति क्षत्रीको अवकासपछि हाल निरिक्षणाअधिकृत रहेका उपरथी अनुज वस्नेत नै तीन तारे जर्नेल हुने लगभग निश्चित भएको छ ।

 

 

उनको उपरथीको एक वर्षे पदावधी थप नहुने चर्चा चलेपनि अन्तिममा उपरथी वस्नेतको एक वर्षे पदावधी थपको लागी सैनिक मुख्यालयले रक्षामन्त्रालयमा पत्राचार गरेपछि अव क्षत्रीको अवकासपछि उनि नै तीन तारे जर्नेल वन्ने लगभग निश्चित भएको छ ।

 

 

प्रधानसेनापति क्षत्रीले यही महिनाको २७ गते उपरथीको दुई वर्षे पदावधी सकिन लागेका वस्नेतको एक वर्षे पदावधी थपको लागी प्रक्रिया अघि बढाएपछि उनको रथी बन्ने बाटो खुलेको हो । उसो त नियमले वस्नेतको पदावधी एक वर्ष थप्नुपर्ने नै थियो ।

 

 

 

 

उपरथी वस्नेतको एक वर्षे पदावधी थप नभएको भए अर्का उपरथी शेखर वस्नेत रथीको लाइनमा थिए । उनको उपरथीको दुई वर्षे कार्यकाल आगामी फागुनसम्म थियो । त्यसपछि उनको पनि एक वर्षे पदावधी थप गर्ने नगर्ने अन्तिम निर्णय भने प्रधानसेनापति क्षत्रीको हातमा थियो ।

 

 

बस्नेतद्धय दुवैको म्याद थप नभएको अवस्थामा हाल हेटौडास्थित मध्य पृतनाका पृतनापति उपरथी प्रभुराम शर्मा वरियताको आधारमा तीन तारे जर्नेलको लाइनमा हुन्थे । तर, उपरथी अनुज वस्नेतको एक वर्षे पदावधी थपको फाइल अघि बढेसंगै हाललाई अरु दुई तारे जर्नेलहरुको तीन तारेमा बढुवा हुने सम्भावना सकिएको छ ।

 

 

यता, कुवरको तीन तारेमा बढुवासंगै रिक्त एक उपरथीमा यसअघि सैनिक प्रवक्ता समेत रहेका सहायकरथी झंकर बहादुर कडायत वरियताको आधारमा दुई तारे जर्नेलमा बढुवा हुदैछन् । उनलाई प्रधानसेनापतिले समयअगावै सुदुरपश्चिमको कामु पृतनापतिको जिम्मेवारी दिइसकेका छन् । उनले गत साता मात्र पृतनापतिको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement