नेपाली सेनाका जर्नेलले भेटे भारतिय प्रधानसेनापति

नेपाली सेनाका जर्नेलले भेटे भारतिय प्रधानसेनापति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका उपरथी निरन्जन कुमार श्रेष्ठले भारतिय सेनाका सेनाध्यक्ष जनरल एम एम नरवाणेसंग भेटवार्ता गरेका छन् ।

नयांदिल्लीस्थित भारतीय सेनाको मुख्यालयमा दुवै जनरलहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । श्रेष्ठ नेपाली सेनाको सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक समेत हुन । भेटमा द्धिपक्षिय हितका विषयमा छलफल भएको भारतिय सेनाले जनाएको छ ।

भेटमा भारतिय सेनाअध्यक्ष नरवाणेले नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति जनरल प्रभुराम शर्मालाई आफ्नो बधाई सन्देश सुनाइदिन आग्रह गरेका थिए ।

श्रेष्ठ भारतिय सेनाका तालिम महानिर्देशनालयका महानिर्देशकको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन ।

श्रेष्ठले भारतिय सेनाका विभिन्न तालिम केन्द्रहरुको भ्रमण गरेर त्यहांका उच्च अधिकारीहरुसंग छलफल समेत गरेका छन । उनले भारतको इन्दोरस्थित माउ,पुने, देहरादुन र सिम्लामा रहेको भारतिय सेनाको सैन्य प्रशिक्षण केन्द्रहरुको भ्रमण गरेका छन् । भारतमा नेपाली सेनाका दर्जनौं अधिकृतहरु तालिम गरिरहेका छन् ।