चीनमा ‘फोर्स ल्यान्डिङ’ भएको नेपाली सेनाको हेलिकप्टर फिर्ता

चीनमा ‘फोर्स ल्यान्डिङ’ भएको नेपाली सेनाको हेलिकप्टर फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेकाको उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर चिनियाँ आकाशमा पुगेर ‘फोर्स ल्यान्डिङ’ गराइएपछि फिर्ता आएको छ ।

नेपाली सेनाको हेलिकप्टर भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धार गर्न मंगलबार साँझ त्यसतर्फ गएको थियो । तर हेलिकप्टरमा प्राविधिक समस्या आएपछि चिनियाँ भूमिमा अवतरण भएको थियो ।

नेपाली सेनाका अधिकारीहरूले अनुमतिबिना हेलिकप्टर प्रवेश गर्दा चिनियाँ अधिकारीहरूले ‘फोर्स ल्यान्डिङ’ गराएका थिए । तर नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने प्राविधिक कारणले हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको बताएका छन् ।

प्रवक्ता बस्नेतले हेलिकप्टरर ‘फोर्स ल्यान्डिङ’ नभएको तर प्राविधिक समस्याका कारण चिनियाँ भूमिमा अवतरण गरेको बताए । ‘हेलिकप्टरमा प्राविधिक समस्या आएको थियो । मर्मत भएपछि बुधबार बिहान नेपाल फर्केको छ,’ उनले भने ।

मंगलबार बिहान भोटेकोशीमा अचानक आएको बाढीपछि चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको थियो । प्रवक्ता बस्नेतले हेलिकप्टर मर्मत पछि उद्धार नगरी फर्केको पनि बताए ।