काठमाडौं – नेपाली सेनाले उच्च तहको बम तथा बारूदजन्य हतियार डिस्पोजल तालिम सम्पन्न गरेको छ । नेपाली सेनाले संयुक्त राष्ट्र संघको अफिस अफ मिलिट्री अफेयरसँगको संयोजक्तवमा नेपालमै ९ दिन लामो बम तथा बारूदजन्य हतियार डिस्पोजल विशेष कोर्स सञ्चालन सम्पन्न गरेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तालिममा १२ वटा देशका १५ जना विदेशी र ५ जना स्वदेशी गरी जम्मा २० जना शिक्षार्थीहरु र ११ जना शिक्षक (स्वदेशी १ र विदेशी १०) सहभागी थिए । निर्देशनालयले तालिमको उद्देश्य संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा खटिएर जाने ईओडी युनिटका कमान्डर तथा प्रशिक्षकहरूको क्षमता अभिवृद्धि गर्नु रहेको जनाएको छ ।
असोज २९ बाट सुरू भएको तालिमको बिहीबार बलाधिकृत रथी शरद कुमार गिरीले तालिमको समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै बलाधिकृत रथीले गिरीले हालको बदलिँदो परिस्थितिमा शान्ति स्थापनार्थ कार्यमा खटिएर जानेरुका लागि केन्द्रित गरेर तालिम सञ्चालन गरेको बताए ।




प्रतिक्रिया