सेनामा जागिरको अवसर, २७ सय पदमा भर्ना खुल्यो


काठमाडौं- नेपाली सेनामा विभिन्न पदमा २७ सय जनाको भर्ना खुलेको छ ।  सेनाको भर्ना छनौट निर्देशनालयले सैनिक जवान,सहायक हुद्दा, अमलदार,ड्राइभर र लेखामा जमदार गरी २७ पदमा भर्ना खोलेको हो ।  

 

भर्ना छनौटले सबैभन्दा बढी सैनिक जवानमा भर्ना खोलेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले सेनाको पृतना,बाहिनी र गणमा दरखास्त दिनसक्नेछन् ।

 

 

सेनामा सैनिक जवान हुन ८ कक्षा पास गरेको हुनुपर्ने अनिवार्य नियम छ ।  त्यसैगरी सुचीकार,चर्मकर्मी,माली,सिकर्मी र केशकर्तकमा भने सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन्  ।

 

 

 

सेनाले आफुलाई सजिलो हुने स्थानमा गएर दरखास्त दिन आइतबार सार्वजनिक सुचना नै प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement