भारतीय सेनाप्रमुखको अभिव्यक्तिप्रति सेना आक्रोशित,उपयुक्त सयममा जवाफ दिने प्रतिक्रिया

भारतीय सेनाप्रमुखको अभिव्यक्तिप्रति सेना आक्रोशित,उपयुक्त सयममा जवाफ दिने प्रतिक्रिया

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्तिवारे सेना जानकार रहेको नेपाली सेनाले जनाएको छ । नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख नरभानेले विवादास्पद अभिव्यक्ति दिएपछि नेपाली सेनाले भने त्यसको उपयुक्त समयमा जवाफ दिने बताएको छ ।

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले भारतीय सेना प्रमुख नरभानेको अभिव्यक्ति सम्बन्धमा आवश्यकता पर्दा नेपाली सेनाको आधिकारीक धारणा प्रधानसेनापतिबाट विधिसम्वद्ध ढंगवाट उपयुक्त फोरम व्यक्त हुने बताए । सैनिक प्रवक्ता पाण्डेले काठमाडौंपाटीसंग भने ‘ हामी उहांको अभिव्यक्तिबारे जानकार छौ, यससम्बन्धमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्नुहुनेछ । ’

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपालमा त्यसको चर्को विरोध छ । सेनाले कालापानी नजिक बुधवार रेक्की गर्न महासेनानी ज्योतिन्द्र महतको नेतृत्वमा एक टोली समेत पठाइसकेको छ ।

भारतिय सेना र नेपाली सेनाको बीचमा दुवै देशका सेनापति एक अर्का देशको मानार्थ महारथी हुने प्रचलन छ । भारतिय सेना प्रमुख नरभाने डिसेम्बर ३१ मा भारतको सेनाअध्यक्षमा नियुक्त भएका थिए । उनी सेनाअध्यक्ष भएपछी नेपाल भ्रमणमा आएका छैनन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भने आफ्नो पहिलो भ्रमण भारतबाट गरेका थिए । उनले भारतिय सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरिसकेका छन् । तर, उनका भारतिय समकक्षिले भने अहिलेसम्म नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाएका छैनन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई नेपाल भ्रमणको निम्तो दिएपनि हालसम्म उनको नेपाल भ्रमणको टुंगो लागेको छैन् ।

भारतिय सेनाप्रमुखको उक्त अभिव्यक्तिपछि उनलाई दिने मानार्थ महारथीको सम्मान कार्यक्रम स्थगन गर्न सामाजिक संजालमा चर्को माग उठेको छ । कान्तिपुर दैनिकमा सुरक्षा मामिलामा कलम चलाउने पत्रकार मातृका दाहालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘नेपाली भूमि अतिक्रमण गर्ने देश भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरभाणेलाई तत्काल नेपालको ’मानार्थ महारथी’को सम्मान कार्यक्रम स्थगन होस । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्ण चन्द्र थापाको ध्यान पुगोस । ’