पर्सा राष्ट्रिय निकुञ्जमा सेना र तस्करीबीच गोली हानाहान, सेनाका जमदार घाइते

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र तस्करीबीच गोली हानाहान, सेनाका जमदार घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा – पर्सा राष्ट्रिय निकुञ्जमा दोहोरो गोली हानाहान भएको छ । निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाबीच गोली हानाहान भएको हो ।

गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षा गस्ती टोलीले मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेका छन् ।