एमसीसी विरोधमा भोलि नेपाल बन्दको घोषणा

एमसीसी विरोधमा भोलि नेपाल बन्दको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले भोलि नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ती दलहरुको बैठकले संसदबाट एमसीसी सम्झौता पारित गर्न लागिएको विरोधमा फागुन १६ गते सोमबार नेपाल बन्द गर्ने निर्णय गरेका हुन् ।

नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र जनताले देशव्यापी जनसंघर्ष गर्दागर्दै देउवा सरकारले एमसीसी कम्प्याक्ट रातारात पारित गर्ने मुर्खता गरिरहेको ती दलहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।