नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त

नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंकको सिइओमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । नेपाल बैंक सञ्चालक समितिले निमित्त प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको हो ।

खुला प्रतिस्पर्धामा संलग्न १३ जनालाई पछि पार्दै अधिकारीले बैंकको सिइओको जिम्मेवारी पाएका हुन् । अन्तिम प्रतिस्पर्धामा अधिकारीसँगै शेषरमण आचार्य, शंकरकुमार रायमाझी र पुष्पराज भण्डारी थिए । लमजुङका अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका छन ।