लाभांश घटाउन अर्थले दबाव दिएपछि नेपाल बैंकका अध्यक्षले दिए राजीनामा

लाभांश घटाउन अर्थले दबाव दिएपछि नेपाल बैंकका अध्यक्षले दिए राजीनामा


काठमाण्डु– शेयरधनीलाई वितरण भएको लाभांश फिर्ता दिन अर्थमन्त्रालयले निर्देशन दिएपछि नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राजीनामा दिएका छन् ।

बैंकको साधारणसभाले पारित गरेर शेयरधनीलाई वितरण गरिसकिएको लाभांश फिर्ता लिन अर्थ मन्त्रालयले निर्देशन दिएपछि उनले आफ्नो नैतिकताले त्यसो गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

नेपाल बैंकले आर्थिक वर्ष ७६/७७ को लागि १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश साधारणसभाबाट पारित गरेको थियो ।

अर्थले घटाएर १० प्रतिशत हाराहारी कायम गर्न निर्देशन दिएको थियो । तर, उनले आफुले त्यसो गर्न नसक्ने भन्दै माघ ५ गते नै अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन् ।

साधारणसभाले पारित गरिसकेको अवस्थामा आफुले लाभांश घटाउन नसक्ने उनको तर्क छ। बैंकले दिने लाभांश प्रस्ताव गर्दा अर्थमन्त्रालयसंग समेत छलफल भएको उनको भनाई छ ।