नेपाल बैंक र एनबीआईबीच सम्झौता

नेपाल बैंक र एनबीआईबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम संचालन सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी हस्ताक्षर गरेका छन् ।

बैकिङ्ग जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनबीआई र नेपालको बैकिङ्ग उद्योगमा अगुवा बैंकको रुपमा रहेको नेपाल बैंक बीच भएको समझदारीबाट बैंकको मानव पूँजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।