नेपाल बैंक लिमिटेडले दियाे प्रहरीलाई ६० थान ज्याकेट

नेपाल बैंक लिमिटेडले दियाे प्रहरीलाई ६० थान ज्याकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालालाई ६० थान फ्लोरेसेन्ट ज्याकेट प्रदान गरेको छ।

नेपाल बैंक लिमिटेड वाग्मती प्रदेशका प्रदेश प्रमुख सुन्दर पन्थी सहितको उपस्थितिमा प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतलाई आज सो सामग्री हस्तान्तरण गरिएको हो।

प्रदेश प्रमुख पन्थीले आम जनताको सुरक्षार्थ अहोरात्र खटिरहेको र प्रहरी हाम्रो साथी भएको कुरा सो वृत्तले प्रस्तुत गरेको बताए । प्रहरी नायब उपरीक्षक बस्नेतले रात्रिकालीन समयमा प्रहरी जवान मैदानमा खटिनुपर्ने र फ्लोरोसेन्ट ज्याकेटको अभावमा प्रहरी जवानको दुर्घटना भई मृत्युसमेत भएको हुँदा सो सहयोगले उत्साह मिल्ने बताए ।

बैंकले नेपाल सरकारको कोरोना रोकथाम तथा उपचार कोषमा पनि रकम प्रदान गरिसकेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जनाए ।