नेपालको बैंकिङ प्रणली राम्रो भएकै कारण विदेशी बैंकहरुले ऋण दिन थालेः अर्थमन्त्री खतिवडा

नेपालको बैंकिङ प्रणली राम्रो भएकै कारण विदेशी बैंकहरुले ऋण दिन थालेः अर्थमन्त्री खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उनले निक्षेप विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेेमा जोड दिँदै दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गरेका छन् ।

नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको उनले बताए ।
पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको उनको भनाई छ ।

त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अरव पु¥याउने घोषणा गरे । सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ ।