बारको निर्वाचनमा ‘राइट टु रिजेक्ट’को माग

बारको निर्वाचनमा ‘राइट टु रिजेक्ट’को माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा ‘राइट टु रिजेक्ट’को व्यवस्था गर्न माग गरिएको छ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले बारको निर्वाचनमा उम्मेदवारहरूलाई ‘राइट टु रिजेक्ट’को विकल्पसहितको मतपत्र जारी हुनुपर्ने माग गरेका हुन् ।

बारको आसन्न केन्द्रीय निर्वाचनमा उम्मेदवारहरूलाई बहिष्कार गर्न पाउने राइट टु रिजेक्टको विकल्पसहितको मतपत्र जारी हुनु पर्ने भन्दै अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालले आइतबार निर्वाचन केन्द्रीय समिति, नेपाल बार र बार काउन्सिल समेतमा अल्टिमेटम सहितको माग पत्र बुझाएका छन् ।

सो व्यवस्था नगरे सबै स्वरुपका अवज्ञा आन्दोलन गर्ने चेतावनी दिइएको पत्रमा यसअघि नै सर्वोच्च अदालतले कुनै पनि निर्वाचनमा मतदातालाई खराब उम्मेदवारलाई बहिष्कार पनि गर्न पाउने अधिकार राइट टु रिजेक्ट नहुने हो भने पूर्ण लोकतन्त्र हुन नसक्ने भनी नजिर स्थापित गरेकोले वकिलहरूको निर्वाचनमा सो व्यवस्था लागु हुनैपर्ने उल्लेख गरिएको छ ।