काठमणडु – नेपाल बार एसोसिएसनले बुधबार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलन गर्दै आइरहेको बारले बुधबार देशभरका अदालतमा प्रदर्शन गर्ने भएको हो ।
प्रधाननयायाधीश राणामाथि मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका आरोप छ । प्रधानन्यायाधीशविरुद्धको तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका छन् ।
न्यायालय सुधारका लागि भन्दै न्यायाधीशहरु राणाको राजीनामा माग्दै कात्तिक १४ देखि आन्दोलनरत छन् । कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको बारले सोमबार पनि त्यसलाई निरन्तरता दिएको छ ।




प्रतिक्रिया