नेपाल बारले आज सार्वोच्च देखि बालुवाटारसम्म मार्च पास गर्दै

नेपाल बारले आज सार्वोच्च देखि बालुवाटारसम्म मार्च पास गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध नेपाल बार एशोसिएसनको आन्दोलन चर्किदै गएको छ । चरणबद्ध आन्दोलन थालेको बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।

दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । आजको मार्चपासमा नागरिक समुहका अरू सस्थाको पनि सहभागिता रहने बारले जनाएको छ । आजै देखि देशभरीका अदालतमा कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम पनि सुरू हुने अध्यक्ष श्रेष्ठले बताए ।

तेस्रो चरणको आन्दोलन अन्तर्गत बारले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको समेत ध्यानाकर्षण गराएको छ । न्यायलयमा देखिएको विवाद नि?पणको उपाए प्रधानन्यायधिको राजिनामा मात्र भएको बारको अडान छ ।