काठमाण्डु – नेपाल बार एशोसियसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै चरणबद्ध आन्दोलन गर्दै आइरहेको बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्ने भएको हो ।
बारले विरोधसभाका लागि देशभरका उच्च अदालतमा आफ्ना केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषदमा ‘भाग’ खोजेको खुलासा भएपछि नेपाल बारको अगुवाईमा कानुन व्यवसायीहरु एक महिनादेखि आन्दोलनमा छन् ।
कानुन व्यवसायीहरुले सर्वाेच्च अदालतबाट राणा नहटेसम्म न्यायालय नसुध्रिने भन्दै शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । यसबाहेक न्यायालयमा बेथिति बढाउने अन्य गलत गतिविधि गरेको आरोप पनि उनमाथि लागेको छ । यही क्रममा बारले बुधबार देशभरका उच्च अदालतमा विरोधसभा गर्ने भएको हो।




प्रतिक्रिया