काठमाण्डु – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिकाको गरिमा बचाउनका लागि प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो ।
आज बसेको पदाधिकारी बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर निकास दिनुपर्ने निष्कर्ष निकालिएको बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकले प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
यसअघि बारले आइतबार मात्रै प्रधानन्यायाधीशलाई भेटी सोमबारका लागि फूलकोर्टको बैठक राख्न माग गरेको थियो । बारको माग बमोजिम प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह साँढे १ बजेका लागि फूलकोर्टको बैठक डाकेका थिए ।
तर फूलकोर्ट बैठक न्यायाधीशहरूले बहिष्कार गरेपछि फेरि बारको पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीशका राजीनामा माग गरेको हो ।




प्रतिक्रिया