आज सर्वोच्च सहित काठमाण्डु उपत्यकाका सबै अदालतमा नेपाल बारको धर्ना

आज सर्वोच्च सहित काठमाण्डु उपत्यकाका सबै अदालतमा नेपाल बारको धर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतसहित काठमाण्डु उपत्यकामा रहेका सबै अदालतमा आज धर्ना दिँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज सर्वोच्च सहित काठमाण्डु उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिन लागेको हो ।

बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए । बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वाेच्चकै न्यायाधीशले राजीनामा माग गर्दै आइरहेका छन् ।

कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्न आग्रह समेत गरेको छ ।