बार एशोसिएशन निर्वाचन : नयाँ नेतृत्वका लागि मतगणना जारी

बार एशोसिएशन निर्वाचन : नयाँ नेतृत्वका लागि मतगणना जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । काठमाण्डुसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।

बारको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ताहरु मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच मुख्य प्रतिस्पर्धा छ ।