नेपाल बारले आज न्याय परिषद् घेराउ गर्दै

नेपाल बारले आज न्याय परिषद् घेराउ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल बार एसोसिएसनले आज न्याय परिषद् घेराउ गर्दैछ ।

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न बारले माग गर्दै आएको छ । तर, त्यस विपरीत आज दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिए पछि बारले परिषद् घेराउ गर्न लागेको हो ।

सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी न्यायाधीश पद रिक्त रहेको छ । वर्तमान सत्ता गठबन्धनले न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाए पनि नेपाल बारले अहिले कार्यान्वयनमा रहेको नियमावली अनुसार सिफारिस नगर्न भन्दै आएको छ ।

नियमावलीमा गरिएको पहिलो संशोधनले संविधानको उल्लङ्घन गरेकाले खारेजीको माग बारले गर्दै आएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले उक्त नियमावलीको संशोधन नेपालको संविधानको धारा १४१ (३) विपरीत रहेकाले यसका आधारमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि नबढाउन माग गरेका छन् ।