बार एसोसिएसन निर्वाचन : सत्ता र विपक्षी गठबन्धनको आधिकारिक उम्मेदवार तय (नामसहित)

बार एसोसिएसन निर्वाचन : सत्ता र विपक्षी गठबन्धनको आधिकारिक उम्मेदवार तय (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल बार एसोसिएसनको निर्वाचनमा एमाले र कांग्रेसको सत्ता गठबन्धनले उम्मेदवारहरूको नाम तय गरेको छ ।

एसोसिएसनको २५ सदस्यीय कार्यसमिति चयन गर्न चैत २३ गते मतदान हुँदै छ ।

निर्वाचनका लागि कांग्रेस निकट डेकोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बीच गठबन्धन भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट अध्यक्षमा डीएलएका वरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र र महासचिवमा पीपीएलएबाट केदार कोइराला उम्मेदवार बनेका छन् ।

हाल तय गरिएको आधिकारिक उम्मेदवारको सूचीअनुसार, उपाध्यक्षहरूमा कोसीबाट अधिवक्ता पदमप्रसाद लिम्बु, मधेसबाट अधिवक्ता अजयशंकर झा, बागमतीबाट अधिवक्ता तेजबहादुर रावल, गण्डकीबाट अधिवक्ता भुपेन्द्र खनाल छन् ।

यस्तै, लुम्बिनीमा अधिवक्ता कृष्णप्रसाद पोखरेल, कर्णालीमा अधिवक्ता जगदीश बम, सुदूरपश्चिममा अधिवक्ता सिद्धराज ओझा र महिला उपाध्यक्षमा अधिवक्ता सरस्वती श्रेष्ठ सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार बनेका छन् ।

कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की, सदस्य (दलित) मा अधिवक्ता चिरञ्जीवी तिल्क्यानी, सदस्य (मधेसी-मुस्लिम, उपत्यकाबाहिर) मा अधिवक्ता सूर्यकुमार यादव र सदस्य (मधेसी-मुस्लिम, खुल्ला) अधिवक्ता रिंकुकुमारी यादव आधिकारिक उम्मेदवार कायम भएका छन् ।

सत्ता गठबन्धनले सदस्यमा (आदिवासी जनजाति, उपत्यकाबाहिर) अधिवक्ता राजकुमार श्रेष्ठ, आदिवासी जनजातिमा अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) मा अधिवक्ता इन्दिरा आचार्य र महिला (खुला) सदस्यमा अधिवक्ता रन्जिता कार्कीलाई आधिकारिक उम्मेदवार बनेका छन् ।

यस्तै सदस्य (खुला, उपत्यकाबाहिर) किरण पौडेल, सदस्य (खुलातर्फ) शारदा गुरुङ, किरण न्यौपाने, दमनबहादुर चन्द, बाबुराम अर्याल, डा मुकुन्द अधिकारी र माधव मैनालीलाई डीएलए–पीपीएलए गठबन्धनले आधिकारिक उम्मेदवारको सूचीमा राखेको छ ।

कांग्रेस–एमाले गठबन्धनका विरूद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपालगायतले बेग्लै गठबन्धन बनाएका छन् । विपक्षी गठबन्धनको अध्यक्षमा माओवादीनिकट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र महासचिवमा रास्वपानिकट यज्ञमणि न्यौपाने उम्मेदवार छन् । एकीकृत समाजवादीले केही उपाध्यक्ष र सदस्यमा चित्त बुझाएको छ ।