नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक, के भयाे छलफल ?

नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक, के भयाे छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसहित दुई देशका उच्च अधिकारी संलग्न वार्ता भएकाे हो । वार्तामा द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने, पारस्परिक लाभका असंख्य क्षेत्रमा सहकार्यलाई अझ अघि बढाउनेलगायत विषयमा छलफल भएकाे छ ।

यसअघि प्रधानमन्त्री देउवा र मोदीबीच ‘वान अन वान’ भेटवार्ता भएको थियो। भारत भ्रमणमा प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव रहेका छन् ।