यी हुन् नेपाल-भारतबीच भएका सम्झौता (सूचीसहित)


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण लगायतका सम्झौता भएका छन् ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको जानकारी दिएका हुन् ।

यी हुन् नेपाल-भारतबीच भएका सम्झौता
-भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन

-सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास

-नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन

-अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास

-सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी

-दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी

-फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता

-क्रस बोर्डर पेमेन्टबारे समझदारी

प्रतिक्रिया दिनुहोस
Advertisement