४ वर्षपछि नेपाल–भारत अन्तर सरकारी समितिको बैठक बस्ने

४ वर्षपछि नेपाल–भारत अन्तर सरकारी समितिको बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल–भारत अन्तर सरकारी समिति (आइजिसी) को बैठक बस्ने भएको छ। चार वर्षपछि नेपाल–भारत व्यापार मुद्दाका विषयमा छलफल गर्न उक्त बैठक बस्न लागेको हो ।

उक्त बैठक आगामी पुस २६ र २७ गते काठमाडौंमा बैठक बस्ने तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दियो ।

आइजिसी बैठक ६र६ महिनामा बस्ने प्रावधान रहे पनि ४ बर्ष यता बैठक बस्न सकेको थिएन ।

आइजिसी बैठकमा विशेषगरि व्यापार, पारवहन तथा अनाधिकृत व्यापार नियन्त्रण लगायतका विषयमा छलफल हुनेछ।

बैठकले दुई देशबीचको वाणिज्य सन्धि पुनरावलोकन गर्न भारत सहमत भएको थियो। वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा पनि आइजिसी बैठकमा छलफल हुनेछ।