काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयात्मक बैठक सम्पन्न भएको छ ।भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि सुरु भएका नवौँ समन्वयात्मक बैठक कात्तिक २८ गते समापन भएको हो ।
बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका थिए ।
बैठकमा २०८१ मंसिरमा काठमाण्डुमा आठौं समन्वयात्मक बैठकबाट पारित एजेन्डाका विषयमा समीक्षा भएको थियो ।
यस्तै बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल भएको थियो ।
बैठकमा सहभागी भएर सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली कार्तिक २९ गते स्वदेश फर्किएका छन् ।




प्रतिक्रिया