काठमाडौं – २१ डिसेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट कांग्रेस प्रमुख सोनिया गान्धीको एक भिडियो रिट्वीट भएको थियो ।
यो भिडियाको माध्यमबाट सोनिया गान्धीले भारतलाई संबोधित गरेकि थिइन र प्रधानमन्त्री मोदीको नागरिकता संशोधत कानुनको विषयलाई लिएर कडा आलोचना गरेकि थिइन् ।
सोेनिया गान्धीको यो भिडियोलाई भारतीय पत्रकार शिवम भिजले यस्तो लेखेर ट्वीट गरेका थिए,“जे सोनिया गान्धी गरिरहेकि छन्, सोही काम मोदीले गर्नु आवश्यक छ । उनले देशलाई अत्यन्त शान्त तरिकाबाट संबोधित गर्न आवश्यक छ ।” यो भिडियोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिट्वीट गरेका थिए ।
नेपालका प्रधानमन्त्री ओलीको यो ट्वीट आगो जसरी नै फैलिएको छ । नेपाल लाइभका सम्पादक नारायण अमृतले ओलीको ट्वीटको स्क्रीनटसट ट्वीटरमा पोष्ट गर्दै लेखेका छन्,”योे विषयमा कुनै टिप्प्णी गर्नु आवश्यक छैन ।” अर्को देश भुटानका पत्रकारले पनि ओलीको ट्वीटको स्क्रीनट लिएका थिए ।
यद्यपि नेपालले यस विषयलाई आधिकारिक रुपम कुनै टिप्पणी गरेको छैन । तर, ओलीको रिट्वीटले कैयौ सवाल खडा हुन थालेको छ । विवाद बढेपछि ओलीले ट्वीठ डिलीट गरेका छन् । यो विषयमा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्टीकरण दिएका छन् ।
थापाले भनेका छन्,“हामी यसको जाँच गरिरहेका छौ, हामीलाई लागेको छ कि कसैले पासवर्ड दुरुपयोग गरेका छन् । म तपाईहरु सबैसँग अनुरोध गर्छु कि ट्वीटको विषयलाई लिएर अफवाह नफैलाउनुस् ।”
यद्यपि थापाको यो स्पष्टिकरणलाई लिएर मानिसहरु सन्तुष्ट छैनन । कनकमणि दीक्षितले कुोही यति धेरै लापरवाह कसरी हुन सक्छन् भनेर लेखेका छन् । उनले लेखेका छन्,“ आशा छ कि यस किसिमको कुटनीतिक गल्ती फेरी नहोस् ।”




प्रतिक्रिया