नेपालसँग हारे भारत एसिया कपबाटै बाहिरिने, नेपाली टोलीले जादुमयी प्रदर्शन गर्ला ?

नेपालसँग हारे भारत एसिया कपबाटै बाहिरिने, नेपाली टोलीले जादुमयी प्रदर्शन गर्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसिया कप अन्तर्गत सोमवार भारत र नेपाल भिड्दैछन्। श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा शुरु हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।

सोमवार हुने खेलमा यदी भारत नेपालसँग पराजित भयो भने समूह चरणबाटै बाहिरिने अर्थात एसिया कपबाटै बाहिरिने भएको छ । पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन छ ।

समुह एको अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ समूह चरणबाटै बाहिरिने भएकाे हाे । तर, नेपाली टोलीले जित हात पार्न जादुमयी प्रदर्शन गर्नुपर्ने छ । किनभने भारतीय टोली विश्वको नै शक्तिसाली टोलीमा पर्दछ । भारतको तुलनामा नेपाली टोली कमजोर छ ।

भारतसँग एकसे एक स्टार ब्याट्सम्यानहरु छन् । सबैभन्दा अगाडि आउने नाम हो विराट कोहली । उनी वर्तमान क्रिकेटकै सबैभन्दा ठूला खेलाडीका रूपमा चिनिन्छन् । आँकडाहरु हेर्ने हो भने कुनै पनि समकालीन ब्याट्सम्यान उनको नजिक पुग्न सकेका छैनन्। भारतीय ओपनर जोडीका रुपमा कप्तान रोहित शर्मा र इसान किसान रहनेछन् । मध्यक्रममा विराटसहित शुभमान गिल, श्रेयस ऐयर, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या जस्ता युवा ब्याट्सम्यान छन् ।

सूर्यकुमार एक दिवसीयमा राम्रो फर्ममा नभए पनि टी २० का नम्बर १ ब्याट्सम्यान हुन् । हार्दिक पाण्ड्या विस्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्छन् । त्यस्तै भारतको बलिङ आक्रमण  सन्तुलित र शक्तिशाली छ । यता बुमराहले टोलीमा कमब्याक गरेका छन् ।

अन्य दुई फास्ट बलर मोहम्मद सिराज र मोहम्मद सामी पनि उत्तिकै खतरनाक छन् । यता नेपालका ब्याट्सम्यानको भने कुनै भर हुँदैन । नेपालका ब्याट्सम्यान फास्ट बलरसामु लामो समय खेल्न सक्दैँनन् । त्यस्तै नेपाली टोलीमा फास्ट बलर खतरनाक पनि छैनन् । एसिया कपका प्रतिस्पर्धी हेर्दा सबैभन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिइन्छ ।

यसअघि एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालका ब्याट्सम्यान पाकिस्तानका बलरसामु टिक्न सकेका थिएनन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दाबेदार हुन् । त्यसकारण नेपाली टोलीले जादुमयी प्रदर्शन गरेमात्र जित हात पर्ने देखिएको हो ।

यदी वर्षाको कारण रद्द हुँदा भने भारत २ अंकका साथ सोझै सुपर फोरमा पुग्नेछ । त्यसैले नेपालले जित निकाल्न सके पहिलो सहभागीतामै सुपर फोरमा स्थान बनाउने देखिन्छ । शनिबार पाकिस्तान र भारतबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाललाई फाइदा भएको हो । नेपाललाई पराजित गरेर पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गरेको थियो ।

भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको थियो । एसिया कपमा अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।