यस्तो छ नेपालमा बजेटको इतिहास : पहिलो बजेटदेखि ब्रिफकेस फोड्नेसम्म

यस्तो छ नेपालमा बजेटको इतिहास : पहिलो बजेटदेखि ब्रिफकेस फोड्नेसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा प्रत्येक वर्ष आर्थिक वर्षको हिसाब किताब राख्ने गरी बजेटको औपचारिक सुरुवात २००८ सालदेखि भएको हो । तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो पटक बजेट प्रस्तुत गरेका थिए । उनले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

नेपालमा बजेटको इतिहास ७४ वर्ष पुरानोे छ । बिहीबार संघीय संसदमा प्रस्तुत हुन लागेको बजेट ७५ औं हो ।

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । २००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसद समक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १ सय ४ वर्षे राणा शासनको शोषणमा रहेका जनताले यस बजेटबाट पहिलो पटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गरेका थिए ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्रको स्थापनापछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री देवेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तन, आर्थिक सामाजिक सूचक र विश्व आर्थिक सन्तुलनलाई हेरेर १९ अर्ब ७९ करोड बरावरको बजेट प्रस्तुत गरेका थिए । त्यतिबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए ।

२०४६ को राजनीतिक परिवर्तनपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले ल्याएको बजेटको आकार ३६ अर्ब ६४ करोड रुपैयाँको थियो । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्टयाइएको थियो । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । नेपालको बजेट इतिहासलाई हेर्ने हो भने २०६१–०६२ सालमा पहिलो पटक १ खर्ब रुपैयाँ नाघेको थियो । त्यतिबेला डा.रामशरण महत अर्थमन्त्री थिए । अहिले बजेटको आकार २० खर्बको हाराहारी पुगेको छ ।

आब २०७२–०७३ मा बजेट रकम ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । आब ०७१–०७२ मा ६ खर्ब १७ अर्बको बजेट सार्बजनिक भएको थियो । ती दुबै बजेट अर्थमन्त्री डा. रामशरण महतले नै ल्याएका थिए ।

आर्थिक वर्ष २०७३–७४ को बजेट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरे । उनले साढे १० खर्बको बजेट सार्वजनिक गरेका थिए । आर्थिक वष २०७४–७५ को बजेट अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेका थिए । उक्त बजेटको आकार १२ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।

पहिलो बजेट ल्याउने तत्कालीन अर्थमन्त्री सुवर्ण समशेर राणा

पहिलो बजेट ल्याउने तत्कालीन अर्थमन्त्री सुवर्ण समशेर राणा

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५–७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उनले नै आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

आर्थिक वर्ष २०७७–७८ मा फेरि अर्थमन्त्री खतिवडाले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजित गरेका थिए । तत्कालीन प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलल आर्थिक वर्ष आर्थिक वर्ष २०८८–०७९ मा साउन १ गतेदेखि लागू हुने कूल साढे १६ खर्ब रुपैयाँको अध्यादेशबाट बजेट पेश गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रतिनिधिसभामा पेस गरेका थिए । गत आर्थिक वर्ष २०८०–८१ मा अर्थमन्त्री प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थिए ।

यस्तै वष २०८१-८२ का लागि अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट ल्याएका थिए ।

बजेटका रोचक पक्ष

नेपालमा मात्रै होइन संसारभरका धेरै देशले बजेट प्रस्तुत गर्ने गर्छन् । यसरी प्रस्तुत गरिने बजेटका केही रोचक कुराहरू पनि छन् ।

–बजेट फ्रेञ्च शब्द बुगेटबाट आएको हो, जसको अर्थ वालेट हो ।

–बजेट शब्दको प्रयोग सन् १६११ मा एउटा नाटकमा थोमस क्रोयटेले गरेका थिए । यो शब्द १६ शताब्दीको अन्तमा निकै प्रचलित बनेको थियो । त्यतिखेर बेलायतमा बजेट भनेर पत्रिकालाई बुझिन्थ्यो ।

–बजेट शब्दलाई आर्थिक क्षेत्रसँग पहिलो पटक १७३३ मा जोडियो ।

–सन् १७३३ मा तत्कालीन अर्थमन्त्री रोबेर्ट वालपोलेले सर्वप्रथम बजेट प्रस्तुत गरेपछि आधुनिक बजेटको सुरुवात भएको हो । नेपालमा भने त्यसको २ सय १८ वर्षपछि २००८ सालबाट बजेटको सुरुवात भएको थियो ।

–गणतान्त्रिक संविधान बनेपछि त संविधानमै जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरेको छ ।

–अनौपचारिक रुपमा ११ औँ शताब्दीमा बेलायतमा एलिजाबेथ प्रथमको समयदेखि नै बजेट निर्माण गरिन्थ्यो । तर उक्त बजेट सर्बसाधारणलाई थाहा भने दिइनन्थ्यो ।

–भारतको पहिलो बजेट १८६९ मा प्रस्तुत गरिएको थियो ।

–बेलायतमा सन् १७९८ मा पहिलो पटक बजेटमा आय कर पनि समावेश गरिएको थियो ।

–भारतमा मोरारजी देसाईले सबैभन्दा धेरै १० पटक बजेट प्रस्तुत गरेका छन् । उनले दुई पटक आफ्नो जन्म दिनका दिन बजेट प्रस्तुत गरेका छन् । भारतमा बजेट प्रस्तुत गर्ने पहिलो महिला इन्दिरा गान्धी हुन् ।

–सन् २०१६ को एक तथ्यांकअनुसार भारत संसारका १० ठूलो बजेट भएका देशको दशौँ स्थानमा पर्छ । पहिलो स्थानमा अमेरिका र दोस्रो स्थानमा चीन छन् । उक्त तथ्यांक अनुसार नेपाल १०५ औं स्थानमा पर्छ ।

–त्यस्तै संसारमा सबैभन्दा धेरे सैन्य बजेट छुट्याउने देशमा अमेरिका पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा छ ।

–सैन्य बजेटको मामिलामा भारत पनि पाँचौ स्थानमा छ । भारतले कुल ग्राहस्थ उत्पादनको २.५ प्रतिशत सैन्य बजेटमा खर्च गर्छ ।

–सन् १९४७ मा वेलायतको लेबर पार्टीका तत्कालिन चान्सलर ह्युज डाल्टनले बजेट पेश गर्नु अगाडी नै बजेटका महत्वपूर्ण अंश पत्रकारलाई सुनाएका थिए । त्यही कारण उनले राजीनामा दिनुपरेको थियो ।

–सन् १९९६ मा बेलायती पत्रिका डेली मिररले बजेट सार्वजनिक हुनु अगाडी नै बजेट प्राप्त गरे पनि छापेन । उसले सरकारले बजेट पेश गर्नु अगाडी नै बजेट सार्वजनिक गर्दा अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्ने भन्दै बजेट नछापेको बताएको थियो ।

–२०६७ मंसिर ३ गते अर्थमन्त्री सुरेन्द्र पाण्डे संसदमा बजेट प्रस्तुत गर्न जाँदा उनीमाथि तत्कालिन माओवादीका सांसदले हातपातको प्रयास गरेका थिए ।

–२०६८ साल असार ३० मा बजेट पेश गर्न संसद पुगेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले मधेसी दलको विरोधका कारण बजेट पेस गर्न पाएनन् । बजेट संचारमाध्यमबाट सार्बजनिक भएको थियो । तर बजेट छापिएका पुस्तक भने संसदमा वितरण गरिसकिएको थियो । पछिल्लो दिन अर्थमन्त्रीले अघिल्लो दिन नै सार्वजनिक भएको बजेट संसदमा पेश गरेका थिए ।

–अर्थमन्त्री विष्णु पौडेलको पालामा आर्थिक वर्ष २०७३-७४ को बजेटको अंक जस्ताको तस्तै सार्बजनिक भएको थियो ।

–अर्थमन्त्री भएर पनि पूर्ण आकारको बजेट पेश गर्न नपाउने अर्थमन्त्रीको बद्रिबहादुर श्रेष्ठ, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

–अर्थमन्त्री डा. बाबुराम भट्टराईले २०६५ सालमा आर्थिक वर्ष लागेको ३ महिना पछि मात्र पूर्ण आकारको बजेट ल्याएका थिए ।

–आर्थिक वर्ष २०७४-७५ मा अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो संघीय बजेट ल्याएका थिए । चुनावी आचारसंहिताका कारण महराले कुनै पनि नयाँ कार्यक्रम राखेर बजेट ल्याउन पाएनन् ।