रातो नम्बर प्लेटका गाडीलाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यातायात व्यवसायीको माग

रातो नम्बर प्लेटका गाडीलाई यात्रु बोक्न प्रतिबन्ध लगाउन यातायात व्यवसायीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यावसायी महासंघले नितजी सवारी साधनलाई यात्रु बोक्न नदिन सरकारसँग माग गरेको छ । लकडाउनका कारण सार्वजनिक यातायात बन्द रहेपछि निजी सवारी साधनहरुले यात्रु बोकिरहेका छन् ।

बुधबार बिहान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृहसचिव महेश्वर न्यौपानेलाई ज्ञापनपत्र बुझाएका हुन् ।

महासचिव सिटौलाले लगडाउनको समयमा रातो नम्वर प्लेटका सवारी साधनले यात्रुसँग रकम असुल गरि मनपरि ढंगले कानुन विपरित सवारी गुडिरहेको गुनासो आएपछि गृहसचिवलाई उहाकै गर्भिर ध्यान आकर्षण गराएको जानकारी दिए ।