नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ– नेपाल र चीनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । ग्रेट हल अफ पिपलमा २ मुलुकका प्रधानमन्त्रीको २ पक्षीय वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उनीहरुको उपस्थितिमा विभिन्न ८ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरु पनि सहभागी थिए ।

प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यहरुलाई परिचय गराएका थिए । चिनिया प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए ।